ललितपुरको तपुपोखरी जीर्णोद्धार हुँदै
काठमाडाैं | असोज ११, २०८१
ललितपुर: पितृतर्पण एवं श्राद्धपछि पिण्ड विसर्जन गर्ने स्थानका रूपमा परिचित ललितपुर महानगरपालिका–५ मा अवस्थित प्राचीन तपुपोखरीको जीर्णोद्धार प्रारम्भ भएको छ ।
सोह्रौँ शताब्दीमा निर्माण भएको ठानिएको पोखरी कुैन समय १९ रोपनीमा फैलिएकामा हाल एक रोपनीमा सीमित भएको जीर्णोद्वार तथा उपभोक्ता समितिका अध्यक्ष केशव खड्काले राससलाई बताउनुभयो ।
तपुपोखरी संरक्षण र व्यवस्थित गर्न बजेट अभाव भएको बताउँदै उहाँले जीर्णोद्धारका लागि ललितपुर महानगरपालिकाले रु २४ लाख प्रदान गरेको जानकारी दिनुभयो ।
उक्त रकम पर्याप्त नभएको उहाँले बताउनुभयो ।
केही वर्षअघि टीकाभैरवबाट बग्ने राजकुलोको पानीले भरिने तपुपोखरी, राजकुलो सुकेपछि अहिले अकासे पानीले भरिने गर्छ ।
पिण्ड विसजर्नका लागि पानी आवश्यक पर्ने भएकाले कुमारी क्लब उभोक्ता समितिले पानीको व्यवस्था गर्दै आएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

